झापा सताक्षीधाम मन्दिरको दानपेटिका चोरी

झापा | पुस १८, २०७९

झापा सताक्षीधाम मन्दिरको दानपेटिका चोरी

दमक:   झापाको शिवसताक्षी नगरपालिकास्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाम मन्दिरको दानपेटिका चोरी भएको छ । आइतवार राति दानपेटिका चोरी भएको हो । 


सताक्षीधाम धार्मिक तथा पर्यटकीय विकास समितिका उपाध्यक्ष उदयप्रकाश राईका अनुसार गोलोक गोवर्धन गौशालासहित तीन वटा दान पेटिका फुटाएर त्यस भित्रका भेटी रकम चोरी भएको छ । एउटा दानपेटिका हराएको छ ।


दानपेटिका फोरेर भेटी चोर्नेले फलामे साङ्लामा गर्भे ताला लगाइएको मुख्य दानपेटिका फोर्न नसकेपछि त्यहि लिएर भागेको हुनसक्ने राईले बताउनुभयो । यसरी दानपेटिका फोरेर भेटी चोरी हुनु र दानपेटिका नै हराउनु गम्भिर भएको जनाउँदै अनुसन्धान गर्न माग गरिएको पनि उपाध्यक्ष राईले जनाउनुभयो ।


बालचर्तुदर्शीका भेटीहरु संकलन गरेर दाखिला गरिएको र त्यसपछि जम्मा भएको भेटी हराएको जनाइएको छ । करिब एक महिना अवधिमा दानपेटिकामा हालिएको रकम चोरी भएको राईले बताउनुभयो ।  


नेपाल र भारतबाट दैनिक संयौ भक्तजनहरु सताक्षीधाम मन्दिरको दर्शन र घुमघामका लागि यहाँ आउने गरेका छन् । दानपेटिकामा कति रकम थियो भन्ने खुलेको छैन । सताक्षीधामको दिगम्बेस्वर महादेव मन्दिरको दानपेटिका गत भदौमा पनि चोरी भएको  जनाइएको छ ।

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्